खुल्यो एकतर्फी नारायणगढ–मुग्लिन सडक
पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ–मुग्लिन सडक सुचारू भएको छ।
राजमार्गमा खसेको पहिरो हटाइएपछि यातायात एकतर्फी सुचारू भएको हो।चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलो नजिकै बिहान ८ बजे पहिरो खसेको थियो।पहिरोका कारण उक्त सडक दुई घण्टा भन्दा बढी अवरूद्ध भएको थियो।
सडक दुईतर्फी सुचारू गराउन भने समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।