संक्रमित संख्या २३ लाख २९ हजार नाघ्यो
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ लाख २९ हजार छ सय ३८ पुगेको छ। जसमध्ये छ लाख ४३ हजार नौ सय ४८ सक्रिय केस रहेका छन् भने १६ लाख ३९ हजार पाँच सय ९९ संक्रमणबाट मुक्त भएका छन्।
बुधबारमात्र ६० हजार नौ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् भने आठ सय ३४ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेको कुल संख्या भारतमा ४६ हजार ९१ रहेको छ। सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र रहेको छ। त्यहाँ हालसम्म पाँच लाख ३५ हजार छ सय एक संक्रमित भेटिएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट दुई करोड २० लाख नौ हजार छ सय ६७ मानिस संक्रमित भइसकेका छन् भने सात लाख ४० हजारभन्दा बढी मानिसले ज्यान ज्यान गइसकेको छ।
संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छ। त्यसपछि ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छ।
यस्तै चौथो धेरै संक्रमित रुसमा छन्।