कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीले अश्रुग्यास हान्यो
(गोरखा) शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
पालुङटार नगरपालिका-७ का ४४ बषर्ीय पुरुषको शव गोरखा नगरपालिका-१२ र शहिद लखन गाउँपालिका-१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो ।
तर स्थानीयबासीले त्यसको विरोध गरेका छन् ।
असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।