अमेरिकी अर्थतन्त्रमा ३२.९ प्रतिशतको गिरावट
कोरोनाभाइरस महामारीबीच अप्रिलदेखि जुनसम्मको अवधि (दोस्रो त्रैमासिक)मा अमेरिकी अर्थतन्त्रमा गिरावट आई ३२.९ प्रतिशत संकुचित भएको सरकारले बिहीबार जनाएको छ ।
यो गिरावटलाई सरकारी अधिकारीले अपेक्षा गरिएभन्दा सामान्यत कम खराब भएपनि अमेरिकी आर्थिक रेकर्डमा सन् १९४७ पछि अहिलेसम्मकै सबैभन्दा खराब अवस्था हो । सरकारले ‘वाणिज्य विभागको तथ्याङ्क वार्षिक दर हो त्यसैले अन्य विकशित अर्थतन्त्रसँग रिपोर्ट गरिएको त्रैमासिक संकुचनसँग तुलना गर्न सकिदैन' भनेको छ ।
दोस्रो त्रैमासिकमा पहिलो अनुमानका अनुसार उपभोक्ता खर्च, जुन सबैभन्दा अर्थतन्त्रको ठूलो कारक मानिन्छ । व्यापक गिरावट आएको कारण कूल ग्राहस्थ उत्पादनमा पनि कमी आएको छ । दोस्रो त्रैमासिकको पहिलो प्रक्षेपणले अमेरिकी उपभोक्ता खर्चमा ३४.६ प्रतिशतको व्यापक गिरावट आउने जनाएको छ ।