ठगी आरोपमा अर्जुन क्षेत्री समातिए
(काठमाडौं) आफूलाई ज्योतिषी बनाउने अर्जुन क्षेत्री पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने आफूले क्षेत्री पक्राउबारे जानकारी आइनसकेको बताउँदै बुझिरहेको बताएका छन् ।
एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् ।