ग्यारेजमा राखेको ८ वटा माइक्रो जल्यो
(काठमाडौं) नयाँ बसपार्कमा रहेको एक ग्यारेजमा भएको आगलागीमा ८ वटा माइक्रो जलेका छन् । दुई वटा पुरानो र ८ वटा नयाँ माइरो जलेका हुन् ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी रोशन खड्काले प्राविधिक कारणले आगलागी भएको हुनसक्ने अनलाइनखबरलाई बताए । यद्यपि, विस्तृत अनुसन्धान भइरहेको उनले जनाए । प्रहरीका अनुसार अनुसन्धानका लागि अपराध महाशाखाको टोली पनि परिचालित भएको छ । आगलागीको कारणबारे खुलिसकेको छैन ।
प्रहरीका अनुसार बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रो जलेका छन् । पुरानो माइक्रोबाट आगलागी सुरु भएको थियो ।