अमेरिका टेक्ससकाे लेविसभिल तालमा डुवेर काठमाडाैंकी २३ बर्षीया अस्मिता खनालको मृत्यु
(काठमाडौं) अध्यायनका लागि अमेरिका पुगेकी काठमाडौंकी एक छात्राको डुवेर मृत्यु भएको छ । अमेरिकास्थित टेक्ससमा पर्ने लेविसभिल तालमा डुंगामा सवार रहेकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको हो । टेक्सास राज्यमा नेपालीहरुको ठूलो समुदाय नै रहेको छ । तालमा डुवेर मृत्यु भएकी खनालको आइतबार शव निकालिएको थियो ।
उनको मृत्युको कारण बिस्तृत रुपमा खुलेको छैन । उनी डुंगाबाट हामफालेको या त झारिएकाे भन्नेबारे अनुशन्धान भइरहेको छ ।