दाङमा १० संक्रमित थपिए
तुलसीपुरका ५ जनासहित आइतबार दाङमा १० जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन्।
संक्रमितमध्ये तुलसीपुर उपमहानगरपालिका वडा नं. १३, १६ र १८ का १९, १६, १९, ३३ र ३९ वर्षीय पुरुष रहेका छन्। उनीहरु तुलसीपुरको रक्षाचौर नमुना माविको क्वारेन्टिनमा बसेकाहरु हुन्। त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १ र ३ का २३ र ३४ वर्षीय दुई जना पुरुषमा कोरोना फेला परेको छ। उनीहरु उपमहानगरपालिकाको क्वारेन्टिनमा बसेकाहरु हुन्।
त्यस्तै गढवा गाउँपालिका वडा नं. १, २ र ५ का १४, २४ र २५ वर्षीय पुरुषमा संक्रमण फेला परेको छ। उनीहरु तीनै जना गाउँपालिकाको कालेकाँटे क्वारेन्टिनमा बसेकाहरु हुन्।
उनीहरु सबै छिमेकी देश भारतबाट विभिन्न समयमा आएर सम्वन्धित पालिकाको क्वारेन्टिनमा बसेकाहरु हुन्। यो सँगै दाङमा कोरोना संक्रमितको संख्या २६६ पुगेको छ।
त्यस्तै रोल्पा घर भई प्रतिष्ठानमा कार्यरत २५ वर्षीय एक स्वास्थ्यकर्मीमा पनि संक्रमण फेला परेको छ। शुक्रबार मात्रै प्रतिष्ठानका एक चिकित्सक, दुई नर्स र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फेला परेको थियो।
जिल्लामा योसहित १३ जना स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुमा कोरोना देखिएको हो।