कोरोना संक्रमणबाट म’त्यु भएका व्यक्तिको शव व्यवस्थापनलाई लिएर पोखरामा तनाव
(पोखरा) कोरोना संक्रमणबाट मृत्यु भएको व्यक्तिको शव आफ्नो वडामा व्यस्थापन गरेको भन्दै पोखरा महानगरपालिका वडा नम्बर ३२ का स्थानीयवासीले प्रहरी चेकपोष्टमाथि नै आक्रमण गरेका छन् ।
शव व्यवस्थापन गरेर फर्किएको टोली र स्थानीयवासीबीच झडप हुँदा ७ जना घाइते समेत भएका छ्न । प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर समेत गरेको थियो ।
पोखरा महानगरपालिकाको ३२ नम्बर वडाको मजुवामा रहेको सातपत्रे घाटमा शव व्यवस्थापन गरिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका थिए ।
शव व्यवस्थापन गरेर फर्किएको टोलीलाई सडकमा टायर बालेर अवरोध गरेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा केही मोटरसाइकलमा पनि क्षति पुगेको छ । केही समयको तनावपछि स्थिति नियन्त्रणमा आएको कास्की प्रहरीले जनाएको छ । बुधबार राति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएका स्याङ्जा ५५ बर्षीय पुरुषको शव व्यवस्थापन गरिएको हो ।
यसअघि पनि कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका एक पुरुषको शव्य व्यवस्थापन गर्ने क्रममा पोखार फुलबारी र भलामा स्थानीयले अवरोध पु¥याएका थिए ।