कर्णाली अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु
कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु भएको छ।
दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए।
‘असार ३ गते यहाँ भर्ना हुनुभएको थियो, ४ गते टेष्ट गर्दा पोजेटिभ देखिएको हो,’ पौडेलले सेतोपाटीसँग भने, ‘पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा सिफ्ट गरेका थियौं, सोमबार मृत्यु भएको हो।’
दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए।
‘असार ३ गते यहाँ भर्ना हुनुभएको थियो, ४ गते टेष्ट गर्दा पोजेटिभ देखिएको हो,’ पौडेलले सेतोपाटीसँग भने, ‘पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा सिफ्ट गरेका थियौं, सोमबार मृत्यु भएको हो।’