इलामको शान्तिडाँडामा विष्फोटक पदार्थ पड्किँदा एक जना घाइते
(इलाम) इलाम देउमाई नगरपालिकाको साविक शान्तिडाँडाको डाँडागाउँमा विष्फोटक पदार्थ विष्फोट हुँदा एकजना घाइने भएका छन् ।
बिहीबार साँझमा देउमाई नगरपालिका ४ डाँडागाँउ बस्ने दिल बहादुर श्रेष्ठको छोरा वर्ष २५ का मौषम श्रेष्ठले आफ्नै घरमा खेलाउनाजस्तो बस्तु देखेर सो वस्तु के रहेछ भनी हातमा लिने क्रममा अचानक विष्फोटन भएकाे थियाे । विष्फाेटनका कारण मौषम श्रेष्ठका दुबै हातका सबै औँलाहरुमा चोट लागेको छ । इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक राजकिशोर साह तेलीको कमाण्डमा खटिएको टोली घटनास्थलमा गई घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल, झापातर्फ पठाइएको छ ।
घटनास्थलमा फलामका टुक्रा, फलाम र कालो रबरका टुक्राहरु यत्रतत्र रुपमा छरपस्ट अवस्थामा रहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जनकारी गराए ।