सुलेमानीबारे अमेरिकालाई जानकारी दिएका नागरिकलाई इरानले मृत्युदण्ड दिने
इरानले आफ्ना सैन्य कमाण्डर कसिम सुलेमानीबारे अमेरिकालाई सूचना दिने नागरिकलाई मृत्युदण्ड दिने निर्णय गरेको छ।
मंगलबार इरानको एक अदालतले सुलेमानी कहाँ छन् भनेर अमेरिकालाई जानकारी दिने एजेन्टलाई छिट्टै मृत्युदण्ड दिने बताएका हो।गत जनवरी ३ मा अमेरिकाले इरानको एलिट कुड फोर्सका प्रमुख सुलेमानीलाई इराकमा ड्रोन आक्रमण गरेर मारेको थियो। सुलेमानीले मध्यपूर्वमा अमेरिकी सुरक्षा फौजमाथि आक्रमण गर्न मास्टरप्लान बनाइरहेको अमेरिकाको आरोप थियो।
‘सिआइए र मोसदका एजेन्ट महमउद मौसावी-मज्दललाई मृत्युदण्ड दिइएको छ। उनले सुलेमानी कहाँ छन् भन्ने जानकारी हाम्रा दुश्मनहरूलाई दिएका थिए,’ अदालतका प्रवक्ताले भनेका छन्।
सुलेमानीको हत्यापछि इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा जवाफी आक्रमण गरेको थियो। तर उक्त आक्रमणमा अमेरिकी सेनातर्फ कुनै क्षति भएको थिएन।