लिपुलेकको सडकबारे चीनसँग पनि कुराकानी भएको छ : प्रधानमन्त्री
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकबारे चीनसँग पनि कुराकानी भएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि एक सांसदले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको भारतलाई जस्तै चीनलाई कूटनीतिक नोट पठाएको वा नपठाएको सोधेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले चीन सरकारका अधिकारीहरुसँग पनि कुराकानी भएको बताए । चीन सरकारका अधिकारीले यस सम्बन्धमा परम्परागत तीर्थयात्रा ट्रेड रुटको सम्वन्धमा मात्र कुरा गरिएको हो । यसले सीमासम्बन्धी प्रश्न वा त्रिदेशीय विन्दुमा कुनै असर गर्दैन भनेका छन्’ उनले भने ।