अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो
(काठमाडौं) अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा मृतकको संख्या ९० हजार तीन सय नौ पुगेको छ ।
कोरोनाबाट संक्रमितको संख्या १५ लाख छ हजार आठ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो ।