मलेसिया र खाडीमा २७ नेपालीमा कोरोना पुष्टि
(काठमाडौं) मलेसिया र खाडी मुलुक नेपाली कामदारको मुख्य श्रम गन्तव्य हो । नेपाली कामदारको बाहुल्य रहेका सबैजसो श्रम गन्तव्यहरु अहिले कोरोना भाइरसको फैलँदो संक्रमणको चपेटामा छन् । यसले गर्दा त्यहाँ कार्यरत नेपाली कामदारहरु पनि संक्रमणको उच्च जोखिममा छन् ।
अहिलेसम्म मलेसियासहित विभिन्न खाडी गन्तब्यहरुमा कार्यरत २७ जना नेपाली कामदारमा कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनीहरुमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । कतिपय देशले संक्रमतिको राष्ट्रियता नुखुलाएकाले ती दशेमा नेपाली कामदार संक्रमणमा परे कि परेनन् भन्ने स्पष्ट भएको छैन । कामदारहरु संक्रमित भएका देशहरुले उपचार निःशुल्क गर्ने बताएका छन् ।