रूसमा कोरोना संक्रमितको संख्या ८० हजार नाघ्यो
रुसमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ।
रुसले आइतबार कोरोना भाइरसका ६ हजार ३ सय ६१ जना संक्रमित थपिएको जनाएको छ।
योसँगै रुसमा संक्रमित संख्या ८० हजार ९ सय ४९ पुगेको छ। रुसका अधिकारीहरु अनुसार संक्रमणका कारण थप ६६ जनाले ज्यान गएको छ।
त्यहाँ हालसम्म कोरोनाबाट ७ सय ४७ मृत्यु भइसकेको छ।