प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो
(काठमाडौं) बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
बिहीबार अस्पतालमा पत्रकारसँग कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिए । ‘उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।
अस्पतालका अनुसार प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति स्थिर रहेको र उनलाई पनि तरल र नरम खानेकुरा दिन थालिएको छ ।