होलीका दिन ट्राफिक नियम उल्लंघन गर्ने ७ सय बढी चालकलाई कारबाही
होलीका दिन काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारबाही गरिए पनि अन्य कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारबाही गरिएको छ। मापसे गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने बुझाउने गर्नुका साथै ‘तीव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए। ड्युटी अनुगमनका लागि १५ वटा टीम पनि खटिएको उनले बताए।