भारतले यात्रुवाहक रेल बन्द गरिदियो
भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरिदिएको छ।
कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले यात्रवाहक रेल सेवा बन्द गरिएको आइतबार जनाएको छ।
भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ। आइतबार बिहारमा एक जनाको मृत्यु भएको हो भने अर्का एक जनामा संक्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
कतारबाट फर्किएका ३८ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो। ती व्यक्तिलाई गत शुक्रबार अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स पटनामा भर्ना गरिएको थियो। उनको मिर्गौलासम्बन्धी समस्या रहेको बताइएको छ।