गैंडाकोटमा सुनचाँदी पसलबाट चोरी
पूर्वी नवलपरासीको गैंडाकोटस्थित कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी भएको छ।
गैंडाकोटको चोकमै रहेको उमेश गहतराजको मोनिका सुनचाँदी पसलबाट नौ लाख रुपैयाँ बराबरको गरगहना चोरी भएको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिए।
पसलको सटर फोरेर भित्र रहेको सेफसमेत फोडेर त्यसभित्र रहेका सुनचाँदीका गरगहना चोरी भएको पौडेलले सेतोपाटीलाई जानकारी दिए।
पसलमा चोरी भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गैंडाकोटको टोलीले पसलमा रहेको सिसिटिभी फुटेजबाट थप अनुसन्धान सुरू गरेको जनाएको छ।