हारपछि दिल्ली कंग्रेस इन्चार्जद्वारा राजीनामा
(काठमाडौं) विधानसभामा निर्वाचनमा आफ्नो पार्टीले खाता खोल्न नसकेपछि भारतीय नेसनल कंग्रेसका दिल्ली इन्चार्ज पिसी चक्कोले पदबाट राजीनामा दिएका छन् ।
१५ वर्षसम्म लगातार दिल्लीमा सरकार चलाएको कंग्रेसले दुई वटा विधानसभा चुनावमा एक सिट पनि जित्न नसकेपछि बुधबार चक्कोले पदबाट राजीनामा दिएका हुन ।