२५ जना उद्योगी व्यवसायी सम्मानित
(काठमाडौं) मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने २५ जना उद्योगी व्यवसायीलाई सरकारले महत्त्वपूर्ण व्यवसायिक व्यक्ति वर्ष पुरस्कारबाट सम्मानित गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले छनोट गरिएका निर्यातकर्ता, लगानीकर्ता तथा रोजगारदाताहरुलाई प्रधानमन्त्री केपी शर्मा आलीले मंगलबार एक समारोहका बीच सम्मान गरेका हुन् ।
व्यवसायी चन्द्र ढकाल, पवन गोल्यान, निर्वाण चौधरीलगायत विभिन्न क्षेत्रका २५ जना उद्योगीलाई प्रधानमन्त्री ओेलीले सम्मान गरेका हुन् ।