बुधबार सुनको मूल्य प्रतितोला २ सयले घट्यो
(काठमाडौं) केहि समयदेखि निरन्तर बढिरहेको सुनचाँदीको मूल्य मंगलबारदेखि भने घट्न थालेको छ ।
मंगलबार प्रतितोला १ सय रुपैयाँले सस्तिएको सुनको मूल्य बुधबार थप २ सय रुपैयाँले घट्दै प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने मंगलबार स्थीर रहेकोमा बुधबार ५ रुपैयाँले सस्तिदै प्रतितोला ८७५ रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार ९ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ७५ हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनहरुमा सुन चाँदी दुबैको भाउमा उतार चढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा निर्धारण हुने सुनको भाउ अनुसार नेपालमा आइतबारदेखि शुक्रबारसम्म सातको ६ दिन सुनचाँदीको भाउ निर्धारण हुँदै आइरहेको छ । शनिबार भने सार्वजनिक विदा हुने हुनाले शुक्रबार निर्धारण भएको भाउमा नै कारोबार हुने गरेको छ ।