माघ १६ गते पुरस्कार वितरण समारोह
सगरमाथा एजुकेशनल एकेडेमीको २०७६ माघ १२ गते आइतबार देखी खेलकुद सप्ताह धुमधामका साथ सम्पन्न भएको छ। कार्यक्रमका बास्केटबल, भलीबल, म्याराथोन लगायत २४ वटा रमाईलो र शारीरीक स्फुर्ती बढ्ने खेल खेलाइएको थियो ।

उक्त कार्यक्रममा ३१० जनाले पुरस्कार जित्न सफल भए जसमा ११० जनाले प्रथम, १०० जनाले द्धितीय र १०० जनाले तितिय श्रेणी हुन सफल भए । कार्यक्रमको पुरस्कार वितरण समारोह भने माघ १६ गते सरस्वती पुजाको उपलक्षमा हुँदै छ ।