२० वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ
काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा फरार भएका धादिङका बेगबहादुर तामाङ २० वर्षपछि पक्राउ परेका छन् ।
नेत्रावती डबजोङ गाउँपालिका-४ गैरागाउँका ४० वर्षीय तामाङलाई जिल्ला प्रहरी कार्यालय धादिङले आइतबार पक्राउ गरेको हो । धादिङ जिल्ला अदालतले तामाङलाई २०५६ मंसिर २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ९ वर्ष ११ महिना ८ दिन कैद फैसला गरेको थियो । त्यसयता उनी फरार थिए ।
पक्राउ परेका तामाङलाई प्रहरीले सोमबार अदालत पेश गरेको थियो । जिल्ला अदालतले सोमबार नै कैद भुक्तानका लागि कारागार पठाएको छ ।