ट्रकमा मृत भेटिएका ३९ चिनियाँ नागरिक, चीन र बेलायत मौन
आप्रवासन कार्यालयले यसबारे औपचारिक रूपमा केही बताएको छैन । शवको पहिचान आफूहरूको प्रारम्भिक कार्य भएको त्यहाँ कार्यरत प्रहरीको भनाइ छ ।
घटनाबारे चिनियाँ र बेलायती दुवै पक्षको प्रतिक्रिया आउन बाँकी छ । बुधबार पूर्वी लन्डनको ग्रेजमा ट्रकको पछाडि ३९ शव भेटिएको थियो । शव भेटिएको १ दिनपछि ती चिनियाँ नागरिक भएको खुलेको हो ।
मृतकमध्ये ३८ बयस्क र १ जना किशोर रहेको अधिकारीहरूले जनाएका छन् । यी चिनियाँ नागरिक बेल्जियमबाट डुंगामा आएको बताइएको छ ।शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाइ छ ।
यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए ।