गोर्खाली जनताको जननेता : हरि काफ्ले
नेपाल कम्युनिष्ट पार्टी को स्थापित जननेता हरी काफ्ले गोरखा जिल्ला को सबै नागरिकहरु को मन र मुटु मा बस्न सफल जनतानेता मानिन्छ । निर्वाचित जन प्रतिनिधि भन्दा पनि जनताको काम गर्न तल्लिन जनप्रिय जनतानेता काफ्ले कहिले पनि रिसाउनु जानदैनन् ।
सँधै गाउँ र जिल्लाको विकास निर्माणमा भूमिका खेल्ने नेता हरि काफ्ले २०३५ वर्ष देखिनै विद्यार्थी आन्दोलन र राजनीति मा आबद्ध हुनुहुन्थ्यो । २०३६ सालमा विद्यार्थी जिल्ला सचिव र बहुदल र निरदलको चुनावमा बहुदलको प्रचार प्रसारमा स्थानिय तहबाट नेतृत्व प्रदान गर्नुभएको थियो। २०३८ सालमा नेपाल कम्युनिष्ट पार्टी (रायमाझी) को सदस्यता प्राप्त गर्नुभो। २०३९ मा नेकपा मसालको नजिक भई काम सुरु गर्नुभो । २०४६ सालको आन्दोलनमा पार्टी को निर्देशन अन ुरुप सशत्त भूमिका निर्वाह गर्नुभो । २०४७ सालमा नेपाल कर्मचारी संगठनको केन्द्रीय सदस्य भई देशको विभिन्न जिल्लामा कर्मचारी संगठनको प्रचार प्रसार तथा संगठन निर्माणमा लाग्न ुभो। २०४७ मै नेपाल निजामति कर्मचारी संगठन जिल्ला कमिटी चितवन को उपादक्ष र अन्तरसंस्थान तथा नेपाल संघ र निजामति संगठन समन्वय कमिटीको चितवन को जिल्ला अध्यक्ष ह ुन ुभो । २०४७ को कर्मचारी आन्दोलनमा निलम्बनमा परि गिरिजाप्रसाद कोइराला को सरकारले नोकरीबाट अवकास गरेको र जनमोर्चाको उमेदवार जिताउन लाग्न ुभो।
२०५० सालमा नेकपा एमाले प्रवेस गर्नुभो र पु : न नेपाल कम्युनिष्ट पार्टी एमालेको संगठित सदस्यता प्राप्त गर्नुभो । २०५२ साल देखी गोरखा काठमाण्डु सम्पर्क मञ्च को सदस्य उपादक्ष्य हुँदै २ पटक अध्यक्ष हुनुभो । २०५६ सालमा प्रजातान्त्रीक युवा संघको अध्यक्ष र इन चार्ज हुँदै पार्टी को क्षत्रीय कमिटी सदस्य हुनुभो । २०५७ सालमा पार्टी को जिल्ला सदस्य हुँदै २ न क्षत्रको सचिव र उपसचिव हुनुभो । त्यसपछि क्षत्र न १ को सचिव २ वर्ष हुनुभो । पार्टी को सातौं र आठौं महादिवृशनमा प्रतिनिधि भई महत्वपूर्ण भूमिका निर्वाह गर्नुभो । २०६५ मा क्षेत्र न २ अदिवेशनबाट पअिलो अध्यक्ष हुनुभो । २०६६ सालमा राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य हुँदै अञ्चल कमिटिको सदस्य हुनुभो । २०७३ बाट नेमपा एमालेको परदेश कमिटि सदस्य र पार्टी एकता पछि गठित प्रदेश कमिटि सदस्य हुनुभो ।
काफ्ले को कार्य क्षमता का आधार मा उनलाई तत्काल नेपाल कम्युनिष्ट पार्टी एमालेले निर्वाचित क्षत्रिय अध्यक्ष राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै २०६४ सालको संसद संविधान सभा निर्वाचनमा संविधान को टिकट दिइयो । काफ्लेले तत्कालिन नेकापा माओवादी को प्रभावशाली नेता डा। बाबुराम भट्टराई संग सम्मानजनक हार बेहोर्न पुगे। तरपनि काफ्ले निरन्तर जिल्लाको विकासमा लागीरहे गोरखा जिल्लाको निर्वाचन क्षेत्र न २ का अधिकांश मोटरबाटो, पुल, खानेपानि,विद्युत् जस्ता योजना पार्नका लागी महत्त्वपूर्ण भूमिका खेल्नु भएका नेता काफ्ले सम्पूर्ण समय गाउँघरमा भेटिन्छन् ।
जनता को विकासको योजना लाई लिएर काफ्ले संसद र मन्त्रीको ढोका ढक्ढकाउन पुग्छन् । त्यति मात्र नभई जिल्लाका असाहय,अशक्तर गरिबिको रेखा मुनि पुगेका जनताको दुखमा साथदिन कत्तिपनि झनझट् मान्दैनन् । अन्याय अत्याचारमा परेका जनता लाई न्याय दिलाउन निकैनै लागी पर्छन्। उनि संसद र मन्त्री भन्दा पनि बढि विकास निर्माणका लागी पर्ने नेता हुन् भनेर भन्छन् स्थानिय बासिन्दा ।
नेता होस् त हरि काफ्ले जस्तो भन्ने जनताको पात्र बनेका उनि जनताका लागि सहज र विकासका लागि अग्रसर जननेता गनिन्छन्। काफ्लेका थुप्रै कामहरु सराहनिय बनेका छन् ।