नेपाली बैंकका एटिएम अनिश्चितकालका लागि बन्द
काठमाडौं, १५ भदौ । नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेका छ ।प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई समेत पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका केहि समयका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनु भयो ।
शनिबार साँझ प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ। बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेका थिए।
रासस