मोटरसाइकल दुर्घटनामा घाइते , हिसिला यमी बी एण्ड बीमा उपचार हुँदै
काठमाडौं– पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छिन्।
पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले लोकान्तरलाई जानकारी दिए। निवासबाट पार्टी कार्यलय जाँदै गर्दा अनटेष्ट मोटरसाइकलले बल्खु चोकमा ठक्कर दिएर उनी घाइते भएको पोखरेलले बताए ।उनका अनुसार, बी एण्ड बी अस्पतालमा उपचाररत यमीको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनले भने, '२४ घण्टासम्म डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले उनलाई अस्पतालमै राखिएको छ।'अबको केहीबेरमै उनलाई डिस्चार्ज गरिने जानकारी समेत दिए ।