काम नगर्ने ठेकेदारलाई कडा चेतावनी-प्रचण्ड
काठमाण्डौ ३१ भदौ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले इमान्दारिताका साथ विकास, निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।अध्यक्ष दाहालले जनता र राष्ट्रको पक्षमा विकास, निर्माणको कामलाई अघि बढाउने अवसर आएको उल्लेख गर्दै उक्त अवसर सदुपयोग गर्न निर्माण व्यवसायीहरुलाई सचेत गराए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भागिदार हुने चेतावनी
काठमाण्डौमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले समयमै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायी कारवाहीको भागिदार हुने चेतावनी पनि दिए ।