मुटुको उपचार गराउन प्रधानमन्त्री टिचिङ अस्पताल पुगे
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् ।
उनी मुटको स्वास्थ्य जाँच गर्न त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् ।१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै मिर्गौलाको उपचार गरेर सिंगापुरबाट फर्किएका थिए ।केही वर्ष अगाडि पनि प्रधानमन्त्री ओलीले त्यहाँ मुटुको उपचार गराएका थिए । त्यसकै फलोअपका लागि ओली बुधबार अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।