१२ किलोग्राम लागू औषत चरेस सहित ४ जना पक्राउ
शुरेस धामी १७ बझाङ । बझाङमा १२ किलो लागु औषध ९चरेस० सहित ४ जना पक्राउ परेका छन । बझाङ वाट धनगडी जाँदै गरेको यात्रुवाहाक बस चेकजाँच गर्दा १२ किलो औषध चरेश सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार बझाङको सदरमुकाम चैनपुर बाट धनगढीका लागि छुटेकोे ना ८ ख १०७४ नम्बरकोे बस चेक जाँच गर्ने क्रममा बित्थड चिरकोअस्थाई प्रहरी चौकी स्याडीले बसको ६ नम्बर सिटको माथि राखेको ३ वटा कालो झोलामाल राखेको १२ किलो ।लागु औषध ९चरेस० फेला पारेकोे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
अवैध चरेस सहित बझाङ केदास्युँ गाउपालीका ।वडा नं। ५ बस्ने गाडि साहु बर्ष ४० वर्षिय काशी ठगुन्ना सहित ४ जना लाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बहादुर बमले जानकारी दिको छ।
पक्राउ पर्नेमा सुर्मा गाउँपालिका १ दौलीचौरका ५८ वर्षीय हरिवीर बोहरा उनकी श्रीमति ४८ वर्षीया रामकला बोहरा सुर्मा दौलीचौरकै ६० वर्षीया लक्ष्मी बोहरा र बस धनी केदारस्युँ गाउँपालिका ५ का ४२ वर्षीय काशी ठगुन्ना समेत रहेको जनाएको छ
प्रहरी प्रमुख बमका अनुषार चारै जनालाई ७ (सात) दिन म्याद थप गरी अनुसन्धान भईरहेको बताएको छ ।