मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई स्वर्ण
काठमाण्डौ : मलेसियाको राजधानी क्वालम्पुर सम्पन्न इन्टरनेशनल तेक्वान्दो च्याम्पियन प्रतियोगितामा नेपालले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक प्राप्त गरेको छ। क्वालम्पुरको जुएरा मैदानमा साउन १७ देखि सुरु भएको प्रतियोगिताअन्तर्गत गिरोगीतर्फ रीमा खत्री (३६ केजी)ले स्वर्ण पदक हात पारिन्। त्यस्तै, आयुष ढुङ्गेल (३८ केजी)ले गिरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ रजत प्राप्त गरेका छन्। हेमकला जिरेल (४२ केजी)ले रजत पदक हात पारिन्।
प्रतियोगिताको पुम्से विधामा चन्दु शाही (४६ केजीं)ले कास्य पदक हात पारिन्। बाराको निजगढ–८ का पेमासिद्धि लामाको नेतृत्वमा मलेसिया पुगेको टोलीमा इन्टरनेशनलतर्फ जितसिंह लामा, टिम प्रशिक्षक गणेशकुमार पाण्डे, व्यवस्थापकमा केशवकुमार लामा रहेका छन्। प्रतियोगितामा नेपालसहित जापान, कोरिया, चीन, ब्राजिललगायत देशको सहभागिता रहेको थियो।