बैतडीको पन्चेश्वरद्धारा विभिन्न किसिमका बोटबिरुवा हरु ६ वटा वार्डहरुमा बितरण गर्दै
काठमाण्डौ २७ साउन । बैतडीको पन्चेश्वर गाउँपालिकाले पालिकाका ६ वटा वार्डहरुमा बिभिन्न किसिमका बोटबिरुवाहरु बितरण गरिरहेको छ । गाउपालिकाका ६ वटै वार्डहरुका जनताहरुलाई एक गाउ, एक उत्पादन, एक वडा एक पकेट क्षेत्र बनाउने लक्ष्य अनुसार गाउँपालिकाले बिभिन्न किसिमका बोटबिरुवाहरु बितरण गरिरहेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले जान्कारी दिनु भयो ।
गाउँपालिकाले यो महिना भित्र मात्रै वडा ६ वटै वार्ड हरुमा पाचँ हजार केरा का बोटहरु, तिन हजार आम, पाचँ हजार अनार, बितरण गरेको र पाँचहजार जति अनारका बिरुवाहरु बितरण गर्न बाकी रहेको गाउँपालिकाले जनाएको छ ।