बझाङमा एक जना महिला सुत्केरीलाई अत्याधिक रगक्त चाप भए पछी हेलीकप्टर मार्फत नेपालगन्ज रेफर
बझाङ १०, भदौ । बझाङको जिल्ला अस्पताल सिमखेतमा एक जना सुत्केरी महिलाको उपचार सम्भव नभएपछी हेलीकप्टर मार्फत मंगलबार नेपालगन्ज रेफर गरीएको छ । बझाङ जिल्लाको केदारस्यु गाउपालिका वडा ७ घरभएका खडक धामीकी २९ वर्षिय श्रीमती ज्ञाना देवी धामीको जिल्ला अस्पताल सिमखेतमा उपचार सम्भव नभएपछी नेपालगन्ज रेफर गरीएको जिल्ला स्वास्य कार्यालय सिमखेत बझाङले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय सिमखेतमा अप्रेसन गरिसकेपछी पाठेघरमा रक्त चाप एकदमै बढेर जिल्ला अस्पतालमा उपचार सम्भब नभए पछि प्रमुख अधिकारी सुरेश सुनार र केदास्यु गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष लोकेन्द्र भन्डारीकोे संयुक्त पहलमा हेलिकप्टर मार्फत नेपालगन्ज रेफर गरीएको जिल्ला स्वास्य कार्यालय बझाङ प्रमुख डाक्टर सन्दीप ओखेडाले जानकारी दिनु भयो ।
डाक्टरका अनुषार अहिले बच्चा र आमाको ज्यान खतरामुत्त रहेको जनाएको छ ।
