सुदूरपश्चिेमेलीहरुको महान पर्व गौराको अवसरमा मुख्यमन्त्री भट्टद्वारा शुभकामना व्यक्त
धनगडी सुदूरपश्चिेमेलीहरुको महान पर्व गौराको अवसरमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभकामना व्यक्त गरेका छन्।
शुभकामना दिँदै मुख्यमन्त्रीभट्टले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशबासी दाजु भाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिका साथै प्रदेशबासी बीच धार्मिक सहिष्णुता, सदभाव कायम रहोस् भनि कामना व्यक्त गरेका छन्।
‘प्रदेशको भाषा संस्कृति र भेषभुषा आ–आफ्नो जातिय पहिचान दिलाउने विशेषताहरु हुन्। यसै सन्दर्भमा परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्व यस क्षेत्रको विशिष्ट पहिचान समेत हो। सदियौँदेखि मनाउँदै आएको पर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको छ र यस्ले आफ्नो मौलिकता राख्न समेत सफल भएको छ।’
मुख्यमन्त्री भट्टद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा लोक परम्परा एवं सांस्कृतिक पर्वहरु सबै नेपालीहरु वीचमा एकता समाजिक र सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता, आपसि सद्भाव अभिवृद्धि गर्नुका साथै आपसि समझदारी र बन्धुत्वको भावना जोगाइ यसबाट राष्ट्रिय एकता र सद्भाव सुदृढ हुँदै आएको छ।’
गौरा पर्वले पनि राष्ट्रिय एकता शान्ति र सद्भाव बढाउने एंव साझा विकासको अवधारणासहितको प्रदेश निर्माण गर्नमा सहयोग पुग्ने आसा मुख्यमन्त्रीले लिएका छन्।