सुदूरपश्चिलीहरुले मनाइने गौरा पर्वको आज चैथो दिन गौरा घरबाट गौराखलोमा लगेर पूजाअर्चना गरेर मनाउदै
काठमाण्डौ ६ भाद्र । सुदूरपश्चिलीहरुले मनाइने गौरा पर्वको आज चैथो दिन सुदूरपश्चिका ब्रतालु महिलाहरुले आज गौरा घरबाट गौराखलोमा लगेर पूजाअर्चना गरेर मनाउदै छन । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन रहेको छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका देउडा भाकामा खेल खेल्ने चलन रहि आएको छ । देउडा गीतका माध्यमबाट एक आपसमा सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।
आजवाट गौरा पुजनका कार्य सुरु हुने भएकाले ब्रतालु महिलाहरुले आजको दिनलाई बिशेष दिनको रुपमा लिने गर्दछन् । आज ब्रतालु महिलाहरु एक ठाउँमा जमघट भएर गौराघर भन्दा केहि पर खेतको किनारबाट धान खेतमा पाईने साउ , पाती फलफुलका दाना ईत्य आदी राखेर दुलहिको सजावटमा गौरादेवीको मूर्ती स्थापना गरी पुजाअर्चना गरेर फाग गाएर गौरालाई गौरा घरमा भित्रयाइन्े चलन रहिआएको छ । बिषेस गरि ब्रतालु महिलाहरुले लगाउने दुबा धागो पनि आजै गौरादेवीमा चढाउने पनि चलन छ ।
भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमीअर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ। सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको हो ।
गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा सौँ, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ। देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ।
सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको छुट्टै रौनक यति बेला छाएको छ । सुदुरपश्चिमको छुट्टै मौलिक संस्कृति झल्किने गौरा पर्वको आज मुख्य दिन सुदुरपश्चिममा हर्षोल्लासका साथ मनाइँदै रहेका छन । आज गौरा देवीको पूजाआराधना गौरा पर्व मनाइँदै छ । सुदुरपश्चिम प्रदेशको सबै जिल्लाहरुमा कैलाली , डोटी, दार्चुला, बझाङ, अछाम, कञ्चनपुर ,डडेल्धुरा र बैतडी तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा पनि आआफ्नै धार्मिक परम्परा अनुसार गौरा पर्व मनाउने चलन रहेको छ ।तेस्तै राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ।




