बैतडीमा स्वास्थ्य संस्थामा प्रयोगशाला संचालन गरिने
बैतडी – बैतडीमा स्वास्थ्य संस्थामा प्रयोगशाला संचालन गरिने भएको छ । बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँपालिकाभरीका प्रत्येक स्वास्थ्य संस्थामा प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।
डिलासैनी गाउँपालिकामा रहेका ४ ओटा स्वास्थ्य संस्थामा प्रयोगशाला संचालन ल्याउन लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले जानकारी दिए । उनले गोकुलेश्वर, डिलाशैनी, कोटपेटरा र हाडाकोट स्वास्थ्यचौकीमा प्रयोशाला सञ्चालनमा ल्याउने बताए ।
स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा सञ्चालनमा ल्याउनका लागि गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको छ । ५ ओटा स्वास्थ्य संस्था रहेको डिलाशैनी गाउँपालिकमा रुद्रेश्वर स्वास्थ्य संस्थामा पहिलादेखि नै प्रयोगशाला सेवा सञ्चालनमा रहेको छ ।
प्रयोगशालामा रगतजाँच, दिसापिसाब जाँच, खकार परीक्षण लगायत सेवा सञ्चालन हुने बताइएको छ ।godawri