कैलालीमा १५ बर्षिय बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ
धनगडी धनगडीमा १५ बर्षिया बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुरका २२ बर्षिय मिलन देवल पक्राउ परेका हुन् । प्रहरीले उनलाई सोहि वडाको भगवानपुर बस्ने १५ वर्षिया बालीकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
लाका प्रहरी कार्यालय मसुरियाका अनुसार पीडित बालिका घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब ३ बजे देवल घरको धुरीबाट भित्र कोठामा पसि बालिकाको मुख थुनेर बलात्कार गरेका हुन् ।
घटनालगत्तै बालिकाको परिवारले ईलाका प्रहरी कार्यालय मसुरियामा जानकारी गराएका थिए । देवललाई आज बिहानै पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनगढी लगिएको प्रहरीले जनाएको छ ।