सुदूर पश्चिमेलीहरुको मुख्य चाड गौरा सुरु भएसँगै गाउँघरमा रौनकता
बझाङ सुदूर पश्चिमेलीहरुको मुख्य चाड गौरा सुरु भएसँगै गाउँघरमा रौनकता छाएको छ।बिषेस गरि सुदूरपश्चिममा मनाइने गौरापर्वको आज दोस्रो दिन व्रतालु महिलाहरुले ‘बिरुडा’लाई धुने गर्दछन्। अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ, धारामा लगेर धुने चलन छ। व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।
बिषेस धान,साउँ, तील, अपामार्गलगायतका बोटहरुबाट गौराको प्रतिमूर्ति बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने प्रचन चलन चलिआएको छ। नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गर्ने प्रचलनसमेत रहेको छ। आज नदी, तलाउ तथा धारमा मनाइने गौरालाई ‘नानी गौरा’ भनिन्छ।
गौराको तेस्रो दिन अमुक्ताभरण र मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली हो। पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ।
सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा मंगलबारदेखि शुरु भएको हो। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरागौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त भएको भनेर विश्वास गर्ने गरिन्छ।
सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाईन्छ ।
.jpg)

.jpg)