पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे रविसहित तीनैजनालाई पाँच दिन सम्म अनुसन्धान गर्न अदालतको आदेश
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणबारे अनुसन्धान गर्न जिल्ला अदालत चितवनले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन म्याद थप गरेको छ ।अदालतले उनीहरु तीनैजनालाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले विरोध जुलुुस गरेपछि उनीहरु तीनैजनालाई प्रहरी कार्यालय पछाडिको गेटबाट अदालत लगिएको थियो ।
लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेर थिए भने अस्मितालाई कलंकीबाट पक्राउ गरेको थियो ।उनीहरु तीनैजनालाई काठमाडौं प्रहरीको सहयोगमा चितवन प्रहरीले पक्राउ गरेर बिहीबार साँझ नै चितवन पुर्याएको थियो ।