जनकपुरमा वडा सदस्यका छोरा एक लाख ६० हजार घुससहित रँगेहात पक्राउ पक्राउ
काठमाण्डौ २८साउन । जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको भंगाहा नगरपालिका९८ का वडा सदस्य कारी साहका छोरा मुकेशलाई एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका९९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा मुकेश पक्राउ परेका हुन्।
वडाध्यक्ष मो रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव हरिप्रसाद घिमिरेका अनुसार सडक ढलानको बि भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए । त्यही घुस रकम लिन वडा सदस्यले छोरालाई पठाएपछि अख्तियारको फन्दामा परेका हुन्।
पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगेको छ। छोरा घुससहित पक्राउ परेपछि वडा सदस्य कारी र वडाध्यक्ष रफिक सम्पर्कविहीन बनेका छन् ।