नेपालको इतिहासमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक
काठमाडौँ ९ भदौ , : भिडियो कन्फ्रेन्समार्फत नेपालको इतिहासमा पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर भएकाले पहिलो पटक प्रविधिको प्रयोग गर्दै भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ। भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट मन्त्रीहरू सहभागी छन् र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्।
यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था पारित गरेको थियो। प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको छ।