दीपक बज्राचार्यको ‘मनमगन नाइट’ सम्पन्न
लाइभ म्युजिक कार्यक्रममा गायक दीपक बज्राचार्य र उनको द रिदम ब्याण्डले आफ्ना बेजोड प्रस्तुति दिए ।लाइभ म्युजिक गायक बज्रचार्यको मनमगनले मा दर्शक झुमेका थिए । मनमगन नाइट नाम दिइएको सांगीतिक कार्यक्रममा बज्राचार्य र उनको ब्याण्डसँगै चर्चित र्यापर लाउरे र डिजे पाशा डलले समेत आफ्ना प्रस्तुतिहरु दिएका थिए ।कार्यक्रममा र्यापर लाउरे पनि चर्चित गीतहरु गाएका थिए । यसपटको लाइभ म्युजिक कार्यक्रम अहिले सम्म उत्कृष्ट भएको आयोजकले जनाएको छ । ठमेलस्थित क्लब फरेन्हाइटमा बिहीबार साँझ लाइभ म्युजिक कार्यक्रम सम्पन्न भएको छ । टिम होप इन्टरटेन्मेन्ट (द)को संयोजनमा भएकोे सो सांगीतिक प्रस्तुतिबाट प्राप्त भएको रकम रोटरी क्लब अफ पाटन वेस्टको सामुदायिक विकास कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोग गरिने आयोजकले बताएको छ ।