भक्तपुरमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्रा
काठमाण्डौ भक्तपुरमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बिरामी भएको अवस्थामा समेत बलात्कार गरेको भन्दै भक्तपुर बस्दै आएकी एक महिलाले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरीले महिलाका श्रीमानलाई पक्राउ गरेको हो।
रामेछाप घर भएकी २५ वर्षीया महिलाले आफुभन्दा पाँच बर्ष जेठा श्रीमानले आफु बिरामी अवस्थामा पनि जर्बजस्ती बलात्कार गरेको भन्दै कारवाहीको माग समेत गरेकी छन् । उनको जाहेरीका आधारमा श्रीमानलाई बिहीवार नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीले जाहेरी दिने महिलाको स्वास्थ्य परीक्षण गरेपछि श्रीमान भनिएका ती व्यक्तिलाई आज अदालत पेश गरेर अनुसन्धानका लागि अनुमति लिने बताएको छ ।