धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
गोरखा – गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । २० बर्षीय याकुब परियारले शनिबार राती १० बजे १९ बर्षकी श्रीमती पूजा परियारको घाँटी रेटेर हत्या गरेको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।
स्थानीयबासीबाट सूचना पाएर प्रहरी पुग्दा पूजाको घटनास्थलमा नै मृत्यू भइसकेको एसपी अधिकारीले बताए । उनका अनुसार याकुब मानसिक रोगी हुन् । यसअघिदेखि नै उनले मानसिक रोगको औषधी खादै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ भने श्रीमान याकुबलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।