बिमानस्थलबाट ५ करोड मुल्यकाे काेकिन सहित भारतीय नागरिक पक्राउ
काठमाण्डौ – लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले करिब ५ करोड मूल्य भन्दा बढीको लागुऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आइभेरीकोस्टका मार्सेल गुली छन्। ब्युरोको टोलीले बुधबार बिमानस्थलबाट पक्राउ गरेको हो । सुटकेस ब्यागमा १ किलो ६ सय ग्राम कोकिनसहित उनी पक्राउ परेको ब्यूरोका डिआइजी दिनेश अमात्यले जानकारी दिए ।उनी कतार हुँदा नेपाल आएका थिए । ती नागरिकले कोकिन भारततिर लैजाने योजना बनाएकाे अमात्यले जानकारी दिए ।
रासस