एसीसी यू–१९ क्रिकेट : नेपाललाई मलेसियाले दियो ८८ रनको विजयी लक्ष्य
काठमाडौं २३ असार । एसीसी यू–१९ इस्टर्न रिजन पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा नेपालले ८८ रनको चुनौती एको छ। मलेसियाको किननारा मैदानमा जारी खेलमा नेपालले टस जितेपछि ब्याटिङमा आएको आयोजक मलेसियाले ४० दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो। मलेसियाका लागि सर्वाधिक २४ रन मोहम्मद अमिरले बनाए। त्यसबाहेक अन्य कुनै खेलाडीले उत्कृष्ट व्याटिङ गर्न सकेनन्।
मलेसियाको पालीलाई सस्तैमा समेटन सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लको नाममा २ विकेट लिए। ८८ रनको विजयी लक्ष्यसहित नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्ने छ। समूह चरणमा अपराजित रहँदै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको नेपालले समूह चरणका खेलमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको थियो। सेमिफाइनलको अर्को खेलमा हङकङ र सिंगापुर भिडिरहेका छन्।