पुर्जा देखाएपछि रोकिएको डोजर फेरि घर भत्काउन अघि बढ्यो
काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि केहीबेर रोकियो । तर त्यसको केही समयमै उक्त घर भत्काउन डोजर अघि बढेको छ ।
शनिबार नदी किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत डोजरले पुर्जा देखाएपनि घर भत्काएको हो । पुर्जाबारे आवश्यक छानबिन हुँदा भत्काउनु नै पर्ने देखिएपछि भत्काउन सुरु गरिएको प्रहरीको भनाइ छ
।