दैलेखमा बस दुर्घटना हुदा १ को मृत्यु, ७ घाईते
काठमाण्डौ । दैलेखको आठबिस नगरपालिकामा मंगलबार बिहान बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ७ जना घाइते भएका छन ।जिल्लाको आठबिस नगरपालिका ५ राकम बाट मालाचौर तर्फ जाँदै गरेको मा ना ५ ख ७२४३ न.को बस दुर्घटना भएको हो । बसमा ९ जना सवार थिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ कि ३३ बर्षीया दिर्जा माझिको रहेकी छन् । घाइतेहरुको स्थानिय मेडिकलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ । राकमको स्वास्थ्य चौकिमा सुत्केरी लाई पुर्याइ फर्किने क्रममा जिरो पइन्ट भन्ने ठाउमा घुम्तीमा चिप्लीएर बस दुर्घटना भएको बताइएको छ । बस चालक फरार रहेकाे र खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।